+
+

ठोरी गाउँपालिका अध्यक्षमा एमालेको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ९:५९
लालबहादुर श्रेष्ठ

३१ वैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लालबहादुर श्रेष्ठले अग्रता लिएका छन् ।

सुरुवाती २०० मत गणना हुँदा श्रेष्ठले ८५ मत ल्याएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका बृहस्पतिकृष्ण श्रेष्ठ रहेका छन् । श्रेष्ठले ६१ मत ल्याएका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ रहेका छन् । उनले ४४ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि एमालेका गोकुलीकुमारी रेग्मीले सुरुवाती अग्रता लिएकी छन् । उनले १०९ मत ल्याएकी छन् । दोस्रो स्थानमा नेकपा माओवादी केन्द्रकी निरु तामाङले ५० मत ल्याएकी छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसकी चीनमाया लामा रहेकी छन् । उनले २७ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?