+
+

टीकापुरमा रेशम चौधरीको पार्टीको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १०:२६
रेशम चौधरी

३१ वैशाख, धनगढी । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले सुरुवाती अग्रता लिएको छ । पहिलो एक सय मतको गणना सकिंदा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ती पार्टीका मेयर पदका उम्मेदवारले ३४ मतसहित अग्रता लिएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए ।

उनकाअनुसार नागरिक उन्मुक्ती पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवारले १६ मत पाएका छन् ।

५२ हजार बढी मतदाता रहेको टीकापुर नगरपालिकामा शुक्रबार भएको निर्वाचनमा ३१ हजार २९३ मत खसेको थियो । टीकापुरमा शनिबार बिहानदेखि मात्रै मतगणना सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?