+
+

चौविसे गाउँपालिका-१ को वडाध्यक्षमा गठबन्धनका प्‍यानल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १५:५५

३१ वैशाख, धनकुटा। धनकुटाको चौविसे गाउँपालिकाको १ वडामा गठबन्धनका उम्‍मेदवार प्यानलसहित विजयी भएको छ।

मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दिपककुमार श्रेष्ठ (देवेन्द्र) विजयी भएको
जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार उनले निकटम प्रतिद्वन्दी नेकपा एमालेका श्रीकृष्ण श्रेष्ठलाई ४१ मतले पराजित गरे।

दिपक कुमारले ५ सय २७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी श्रीकृष्णले ४ सय ८६ मत प्राप्त गरे। पराजित श्रेष्ठ यस वडाका निवर्तमान वडाध्यक्षसमेत हुन्।

यस्तै सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन्। खुल्ला सदस्यतर्फ नगरवहादुर मगर ५ सय ४, बलवहादुर मगर ५ सय ३६, महिला सदस्य तर्फ लता श्रेष्ठ ५ सय ३२ र दलित महिला सदस्यतर्फ इन्दिरा विश्वकर्मा ५ सय २६ मत ल्याएर विजयी भएको

धनकुटा जिल्ला भरि ६० वडा मध्ये चौविसे गाउँपालिका वडा नं. १ को मात्रै अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा गठबन्धनका उम्मेदवारहरुले नै प्रारम्भिक अग्रता लिइरहेका छन्।

शहीदभूमि गाउँपालिकाबाहेक सबै स्थानीय तहको मतगणना धमाधम भइरहेको छ। अधिकांश स्थानीय तहमा गठबन्धनले प्रारम्भिक अग्रता लिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?