+
+

जाजरकोटको नलगाडमा अत्यधिक मत बदर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १७:५५

३१ वैशाख, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा अत्यधिक मत बदर भएको छ । नगरपालिकाको मेयर र उपमेयर पदको मत बदर भएको हो ।

वडानम्बर १ र १३ को १०० मत गणना हुँदा मेयरमा ८३ मत बदर भएको छ । हालसम्मको गणना अनुसार मेयरमा माओवादीका डम्बरबहादुर रावतले ४८४ मत पाएका छन् भने एमालेका धर्मबहादुर शाहीले १७२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारले ६६ मत पाएका छन् ।

उपमेयरमा अझैं बढी मत बदर भएको छ । उपमेयरमा हालस्मम २२५ मत बदर भएको छ । उपमेयरमा कांग्रेसकी सरिता सिंहले ३३८ मत पाएकी छन् भने एमालेका सुनिता बोहोराले १४१ मत पाएकी छन् । स्वतन्त्रको ३६ मत छ । उपमेयरमा  दोस्रो स्थानमा रहेको एमालेको मतभन्दा बदर मत बढी छ ।

नलगाडमा कांग्रेस र माओवादीको गठबन्धन भएको छ । मेयर माओवादी र उपमेयरमा कांग्रेसका उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?