+
+

काभ्रेको नमोबुद्ध–१ को अध्यक्षमा कांग्रेसका वागी प्रेम लामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ८:०९

१ जेठ, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ को अध्यक्षमा प्रेम लामा निर्वाचित भएका छन् । उनी ५५६ मत पाउँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेकपा एमालेका निरोज पाण्डेले ४४७ र नेपाली कांग्रेसका गणबज्र लामाले २०८ मत प्राप्त गरे ।

नेपाली कांग्रेसले टिकट नदिएपछि लामाले स्वतन्त्र रुपमा प्यानलसहित उम्मेदवारी दर्ता गरेका थिए ।

प्रेमको प्यानलबाट दलित महिला सदस्य र खुल्ला सदस्य निर्वाचित भएका छन् । उनको टिमले जÞेब्रा चुनाव चिह्न पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?