+
+

लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राई निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १५:२३

१ जेठ, उदयपुर ।  उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजर कुमार राई निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न मतगणनामा राईले २ हजार ५१ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राज कुमार राईले १ हजार ५८९ मत पाए ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वाचित भएका छन् । उनले एक हजार ९३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी देव कुमारी कार्कीले एक हजार ७३ मत पाइन् ।

यसअघि ०७४ सालमा लिम्चुङबुङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकी रमिला राई निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?