+
+

माङसेबुङ अध्यक्षमा एमालेका राई विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ८:००

२ जेठ, इलाम । इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार हेमन्त राई र उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्वाङ निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्षमा निर्वाचित भएका हुन् । एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४ सय ९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । मंगोल नेशनल अर्गनाइजेसनका प्रेमकुमार केरुङले १४ मत मात्र पाए ।

इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी भएका थिए । ५ वर्षपछि दुवै नेताबीच दोस्रो पटक आमनेसामने हुँदा राई निर्वाचित भएका हुन् ।

राई एमालेका माङसेबुङ गाउँ कमिटीका अध्यक्ष हुन् भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् । त्यस्तै एमालेकी उम्मेदवार सुनिता सुब्बालाई ६८३ मतान्तरले पराजित गर्दै विनोद नेम्वाङ उपाध्यक्ष पदमा विजयी भएका हुन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेम्वाङले ३ हजार ७२९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुब्बाले ३ हजार ४६ मत पाएकी छन् ।

सुब्बा निवर्तमान उपाध्यक्ष हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिस्पर्धी थिए । सो निर्वाचनमा एमालेकी सुब्बा विजयी भएकी थिइन् । यसपटक नेम्बाङले बाजी मारेका छन् । तत्कालिन संघीय समाजवादी पार्टी नेपाल इलामका उपाध्यक्ष रहेका नेम्वाङ हाल जनता समाजवादी पार्टी नेपालका प्रदेश कोषाध्यक्ष हुन् ।

माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । १२ हजार ५ सय ६८ मतदाता रहेको माङसेबुङमा ८ हजार ३०७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?