+
+

रोल्पाको सुनिलस्मृतिको अध्यक्षमा बुढाथोकी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २०:३६

२ जेठ, रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका मनिराम वुढाथोकीले छ हजार ६२ मत ल्याई निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गञ्जबहादुर क्षेत्रीले तीन हजार ८९३ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मीना थापा निर्वाचित भएकी छिन ।

थापाले ६ हजार ३७ मत ल्याएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी तेजकुमारी विष्टले तीन हजार ४०० मत पाएकी छन् ।

सुनिल स्मृति गाउँपालिकाको वडा नं. १, ३, ४, ५, ६, ७ र ८ मा नेकपा माओवादी केन्द्र र वडा नं. २ मा नेपाली कांग्रेसका वागी (स्वतन्त्र) उमेदवार निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?