+
+

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २१:२८

२ जेठ, काठमाडौं । बाजुराको खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेसकी विसुदेवी नाथ विजयी भएका छन् ।

एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन् । रावतले ३७४७ मत पाएका छन् भने बुढाले ३५५८ मत पाएका छन् ।

यस्तै, उपाध्यक्ष पदमा कांग्रेसका विशुदेवी नाथले एमालेकी मनदेवीकुमारी खड्का (वली) लाई पराजित गरेकी हुन् । नाथले ३६४२ मत प्राप्त गरेकी छिन् भने वलीले ३५९४ मत प्राप्त गरिन् । खप्तड छेडेदह गाउँपालिका विगतदेखि नै कांग्रेसको गढ मानिदै आएको क्षेत्र हो ।

७ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले पाँच  र एमालेले २ वटा जितेको छ । कांग्रेसले जितेका वडाध्यक्षहरूमा वडानम्बर १ मा कांग्रेसका वीरबहादुर रावल, २ मा कांग्रेसका भक्तबहादुर बुढा, ३ मा कांग्रेसकै विर्कबहादुर रावत, ५ मा कांग्रेसका जीतबहादुर रावत, ६ मा कांग्रेसका हर्क बिष्ट रहेका छन् ।

एमालेबाट वडा नम्बर ४ मा दलबहादुर धामी र ७ मा खगेन्द्रबहादुर रावत विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?