+
+

सल्यानको शारदाको मेयर र उपमेयरमा कांग्रेस विजय

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ७:०४

३ जेठ, सल्यान ।सल्यानको शारदा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार फराकिलो मतान्तरले विजय भएका छन् ।

मेयरमा कांग्रेसका जिल्ला सचिवसमेत रहेका प्रकाश भण्डारी १२८० मतान्तरले विजय भएका हुन् । भण्डारीले ६२१७ मत ल्याएर विजय भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका मनोज प्रधानले ४९३७ र माओवादी केन्द्रका प्रमोद श्रेष्ठले ३९९४ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा पनि कांग्रेसकी सुस्मिता सापकोटाले ५३८० मत ल्याएर विजय भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रमेश गौतमले ४५९५ मत ल्याए भने एमालेकी जालना भण्डारीले ४५२२ मत ल्याएकी छन् ।

१५ वडा रहेको शारदा नगरपालिकामा ८ वटा वडा कांग्रेस, ५ एमाले, माओवादी र एकीकृत समाजवादीले एक/एक वडा जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?