+
+

दैलेखको चामुण्डा विन्द्रासैनको मेयर र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ८:२१

३ जेठ, दैलेख । दैलेखको चामुण्डा विन्द्रासैन नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ।

नेपाली कांग्रेसका गणेशबहादुर शाहीले ४०७० मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका सूर्यबहादुर शाहीलाई पराजित गरेका हुन् । एमालेका सूर्यबहादुरले ३९९२ मत पाए । तेस्रो भएको नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १४६२ मत पाए ।

उपमेयरमा पनि कांग्रेसकै मनसरा कुमारी शर्मा विजयी भएकी छन् । उनले ४०३८ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी नन्दकुमारी विष्टले ३९९६ मत पाइन्  ।

तेस्रो भएकी मजदुर किसान पार्टीकी राजकुमारी शाहीले १२४२ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?