+
+

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा कांग्रेस उम्मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ८:३३

३ जेठ, रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जनककुमार वाठा निर्वाचित भएका छन् । वाठा ४ हजार ४ सय ५५ मत ल्याउँदै गाउँपाालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत ल्याए ।

उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसी निर्वाचित भइन् । केसीले ४ हजार ५ सय ६० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेस उपाध्यक्ष नन्दाकुमारी केसी नाथले ४ हजार १ सय ६० मत ल्याइन् ।

१० वटा वडा रहेको बाँफिकोट गाउँपालिकामा ८ वटामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् भने दुई वडामा कांग्रेस विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?