+
+

जुम्लाको पातारासीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ९:३७

३ जेठ,  जुम्ला । जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् भने  उपाध्यक्षमा माओवादी केन्द्रकी जुनमाया रोकाया विजयी भएकी छन् ।

अध्यक्ष बोहराले २७६८ मत प्राप्त गरे । उपाध्यक्ष रोकायाले २७५४ मत पाइन् ।  अध्यक्षका निकटत प्रतिस्पर्धी माओवादीका हरिबहादुर बुढाले २६६८ मत पाए । उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी शान्तिले बुढाले २४६३ मत पाएकी छन् ।

पातारासीमा २०७४ सालमा कांग्रेका लक्षिमन बोहरा र उपाध्यक्ष पुन्नकली महतारा विजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार पातारासी गाउँपालिकामा यस पटक ६३३३ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?