+
+

रामेछापको गोकुलगंगाको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जित्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १०:०६

३ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ ।

अध्यक्षमा कांग्रेसका काजीबहादुर खड्का र उपाध्यक्षमा उषादेवी कार्की निर्वाचित भएका हुन् ।

कांग्रेसका खड्काले ६ हजार ९३ मत ल्याएर अध्यक्ष जित्दा  उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७१० मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी कार्कीले ५ हजार २ सय ५३ मत ल्याएर जित्दा उनका प्रतिद्वन्द्वी एमालेकी राधिका श्रेष्ठले ४ हजार ६ सय ८६ मत प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकुलगंगा गाउँपालिकामा एमालेबाट खड्ग सुनुवार र राधिका श्रेष्ठ निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?