+
+

महांकाल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १०:२८

३ जेठ, ललितपुर । ललितपुरको महांकाल गाँउपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार गणेश केसी निर्वाचित भएका छन् ।

उनले ३ हजार ४५५ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी एमालेकी कमला लामा तामाङले २ हजार ८८७ मत ल्याइन् । माओवादी केन्द्रका भगिरथ तिमिल्सिनाले २३८ मत ल्याए ।

महांकालको उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा माया गोले निर्वाचित भइन् । उनले ३ हजार १५२ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाईले २ हजार ७८७ मत ल्याए । राप्रपाकी सञ्चमाया सिंगारले ५९ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?