+
+

सान्नी त्रिवेणीको अध्यक्षमा मोहनबहादुर विजयी : पार्टीले कारबाही गर्‍यो, जनताले जिताए

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ११:२६

३ जेठ, सुर्खेत । सान्नी त्रिवेणी गाउँपालिका कालीकोटको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी भएका छन् । केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् ।

केसी माओवादी केन्द्रका बागी उम्मेदवार हुन् । उनले माओवादी केन्द्रकै उम्मेदवार निवर्तमान अध्यक्षसमेत रहेका डम्मरबहादुर शाहीलाई पराजित गरे । माओवादीका शाहीले १३२५ मत पाएका छन् ।

माओवादी केन्द्रले शाहीलाई टिकट दिएपछि केसीले बागी उम्मेदवारी दिएका थिए ।

पुतली चुनाव चिह्न लिएर चुनाव लडेका केसीले पार्टीका आधिकारीक उम्मेदवार शाहीलाई ४९७ मतान्तरले पराजित गरेका छन् ।

केसीले बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्रले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गिरी कारबाही गरेको छ ।

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती सिंह (संज्याल) विजयी भएकी छिन् । उनले १६८१ मत ल्याएर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १२२२ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?