+
+

धनुषाको औरहीको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ११:५५
उमाशंकर साह

३ जेठ, जनकपुरधाम । धनुषाको औरही गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह र उपाध्यक्षमा पुनमकुमारी साह निर्वाचित भएका छन् ।

अध्यक्षमा साह ३ हजा ३ सय २६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ब्रहमदेव यादवले २ हजा ९ सय २३ मत ल्याए ।

उपाध्यक्षमा एमालेकै पुनमकुमारी साह २९ सय ४९ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी रिंकीकुमारी मण्डलले २ हजार ७ सय ९० मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?