+
+

तोकिएको समयभित्रै विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते २०:१५

३ जेठ, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकिएको समयभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले पत्राचार गर्दै गठित समितिको म्याद सकिएको भए वा नियमानुसार गठन नभएको भए तोकिएको समयमा गठन गर्न भनेको छ ।

शैक्षिक योजना तथा विकास महाशाखा निर्देशक वसन्तप्रसाद कोइरालाले सामुदायिक विद्यालयको सञ्चालन, व्यवस्थापन तथा रेखदेख गर्ने प्रयोजनको लागि गठित विद्यालय व्यवस्थापन समितिको प्रचलित कानुन बमोजिम म्याद समाप्त भइसकेको भए शैक्षिक सत्र सुरु भएपछि प्रचलित कानुन अनुसार गठन गर्नुपर्ने बताएका छन् ।

‘सबै शिक्षा विकास तथा समन्वय इकाईलाई म्याद समाप्त भएको र नियमानुसार गठन नभएको विद्यालय व्यवस्थापन समितिबाट हुने निर्णय नियमसंगत नहुने भएकाले तोकिएको म्यादभित्रै विद्यालय व्यवस्थापन समितिको गठन गर्ने व्यवस्था मिलाई सो समिति मार्फत आवश्यक कामकारबाही अगाडि बढाउने व्यवस्था गर्नुहुन समेत अनुरोध छ,’ पत्रमा उल्लेख छ ।

महाशाखाले यस सम्बन्धमा आवश्यक सहजीकरण गरिदिन सम्बन्धित स्थानीय तहलाई आग्रह समेथ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?