+
+

हेटौंडाको मेयरमा एकीकृत समाजवादीकी मीना लामाले लिइन् अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते २०:१९

३ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले अग्रता लिएकी छन् ।

२७ हजार ७५४ मत गणना हुँदा लामाले ५५ मतले अग्रता लिएकी हुन् । यसअघि राप्रपाका उम्‍मेरवार दीपकबहादुर सिंहले अग्रता लिए पनि मंगलबार लामाले अग्रता लिएकी हुन् ।

लामाले ८ हजार ८४५ मत प्राप्त गरेका छन् । यस्तै राप्रापाका उम्मेदवार दीपक बहादुर सिंहले ८ हजार ६९० मत पाएका छन् ।

उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँ एमालेकी सुमित्रा काफ्लेभन्दा ३ हजार ६७८ मतले अगाडि छन् । राजेशले ११ हजार ७११ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले ८ हजार ३३ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?