+
+

पोखरामा धनराजलाई १,७५२ मतको अग्रता, उपमेयरमा कोपिला अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते २०:२७

३ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार ७५२ पुर्‍याएका छन् ।

२८ हजार १६० मत गणना हुँदा आचार्यले ११ हजार ८१२ मत पाएका छन् । त्यस्तै एमाले उम्मेदवार कृष्ण थापाले १० हजार ६२ मत पाएका छन् । मेयर पदका राप्रपा उम्मेदवार शंकर प्रसाद खरलले १२७१, स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ६६९ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेद्वार कोपिला रानाभाटले पनि एमाले उम्मेदवार मञ्जुदेवी गुरुङसँगको मतान्तर ६४७ पुर्‍याएकी छन् । रानाभाटले १२ हजार १३० र एमालेकी मञ्जुदेवी गुरुङले ११ हजार ४८३ मत पाएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जनाकुमारी सेन पौडेलले १०६९ मत पाएकी छन् । पोखरामा नेकपा एकीकृत समाजवादीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?