+
+

डोल्पो बुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट गुरुङ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १५:४८

४ जेठ, काठमाडौं । डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ विजयी भएका छन् ।

गुरुङले ५३५ मतका साथ माओवादी केन्द्रका तेम्बा गुरुङलाई पराजित गरेका हुन् । तेम्बाले ३०२ मत मात्रै ल्याए । पराजित भएका तेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने यसअघि नै एकीकृत समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् ।

गाउँपालिकाको वडानम्बर १ र ३ मा माओवादीले अध्यक्ष जितेको छ । यस्तै २, ५ मा कांग्रेस तथा  ४, ६ मा एकीकृत समाजवादीबाट वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?