+
+

बाबुराम भट्टराईको गृहनगर पालुङटारको मेयर र उपमेयरमा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ७:२४

५ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा पनि माओवादी केन्द्र विजयी भएको छ । जनता समाजवादी-एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका हुन् ।

नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याए ।

निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका दीपकबाबु कँडेल तेस्रो भएका छन् । उनले ४९९७ मत पाए । एमालेका हरि भट्टलाई पनि ९४१ मत आएको छ ।

यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५५७९ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाएकी छन् । गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४२८१ मतका साथ तेस्रो भइन् ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर समेत रहेको पालुङटारमा अन्तिम अवस्थामा आएर जनता समाजवादी र एमालेबीच तालमेल भएको थियो । तर, गठबन्धनका उम्मेदवार पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?