+
+

कैलालीको जोशीपुरको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ८:५०

५ जेठ, धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा पनि सत्तारुढ गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रेशम चौधरीको अगुवाइमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टी विजयी भएको हो ।

अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी र उपाध्यक्षमा रेखादेवी कठरीया विजयी भएका हुन् । चौधरीले ४९०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका बन्सराम बडायकले ३३६८ मत पाए ।

उपाध्यक्षमा कठरीयाले ४५८१ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका दीर्घराज बिनाडीले २६८ मत मात्रै प्राप्त गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकाको मेयरमा पनि जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?