+
+

सुरूङगा नगरपालिकाको मेयरमा कांग्रेसकी गीता चौधरी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १०:१०

५ जेठ, काठमाडौं । सप्तरीको सुरूङगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्‍मेदवार निर्वाचित भएका छन् ।

नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् ।

निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीका राम नारायण चौधरी र जनता समाजवादीका मोहम्मद साबीर अलीलाई ३ हजार बढी मतान्तरले हराउँदै नगर गीता नगर प्रमुखमा निर्वाचित भएकी हुन् ।

गीताले ७ हजार २९२ मत ल्याउँदा एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार, ११७ र जनता समाजवादीका साबीर अलीले ३ हजार ६६८ मत मात्र ल्याए ।

यस्तै नगरपालिकाको उपमेयरमा नेकपा एमालेका सलीम कुमारी पासवान, माओवादी केन्द्रका शिव कुमार राम र एकीकृत समाजवादीका सुनिता कुमारी मुखियालाई हराउँदै नेपाली कांग्रेसका रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् ।

कार्कीले ६ हजार २७५ मत ल्याउँदा एमालेकी सलीम कुमारी पासवानले २ हजार १०३, माओवादी केन्द्रका शिव कुमार रामले २ हजार ४६७ र एकीकृत समाजवादीकी सुनीता कुमारी मुखियाले ३ हजार ९९८ मत मात्र ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?