+
+

टीकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ११:२८

५ जेठ, धनगढी । कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु निर्वाचित भएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नवराज रावललाई ३ हजार मतान्तरले पराजित गर्दै थारु निर्वाचित भएका हुन् ।

टीकापुर नगरपालिकाका निर्वाचन अधिकृत पुष्कर खडकाले थारु नौ हजार ६४२ मत प्राप्त गर्दै विजयी भएको जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रावलले ६ हजार ६४२ मत मात्रै प्राप्त गरेका छन् । उपमेयरमा भने सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका माओवादी केन्द्रका खडकबहादुर शाह निर्वाचित भएका छन् ।

शाहले ७ हजार ९५५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२मात्र मत पाइन् ।

प्रतिनिधिसभा निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टीले कैलालीको जानकी गाउँपालिका र भजनी नगरपालिकामा समेत मतगणनाको सुरुवातदेखि अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?