+
+

बेनिघाट-आरुघाट लार्के सडक खण्डको माछाखोलामा बेलिब्रिज

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १६:३५

५ जेठ, गोरखा । बेनिघाट आरुघाट लार्के सडक खण्डमा पर्ने माछाखोला माथि बेलिब्रिज निर्माण भएको छ । सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले करिव दुई करोडको लागतमा ब्रिज निर्माण गरेको हो ।

१ सय २० फिट लम्वाई र १२ फिट चौडाईको उक्त बिज्रको बिहीवार प्रधानसेनापती प्रभुराम शर्माले उद्घाटन गरेका छन् ।

बिज्र निर्माण भएसँगै बर्खाको समयमा पनि सवारी आवागमनमा सहज हुने नेपाली सेनाका सडक निर्माण कार्यदलका मेजर बिनोद भट्टले बताए ।

उनका अनुसार पाङसिङसम्म सडकको ट्रयाक खुलिसकेको छ भने दोभानसम्म सवारी संचालन भइसक्यो ।

ब्रिज उद्घाटन गर्न आएका प्रधानसेनापती शर्माले निर्माणाधिन सडकको हेलिकप्टरबाट निरिक्षण समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?