+
+

रामधुनी नगरपालिकाको मेयरमा र उपमेयरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १७:४८

५ जेठ, सुनसरी । सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्‍मेदवार शंकललाल चौधरीले १३ हजार ३७२ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्थी नेपाली कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४०५ मत ल्याएर पराजित भए ।

यस्तै नगरपालिकाको उपमेयरमा एमालेकी तारा थापाले १२ हजार २२० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी आशा कुमारी चौधरीले १० हजार ४९३ मत ल्याएर हारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?