+
+

रात्रीकालीन उडानमा यात्रुलाई सहज हुने वातावरण बनाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १८:०३

५ जेठ, काठमाडौं । रात्रीकालीन उडानमा यात्रुहरुलाई सहज हुने वातावरण बनाउन वायुसेवा सञ्चालक संघले माग गरेको छ । नेपालमा १ जेठबाट लागू हुने गरी अन्तर्राष्ट्रियविमानस्थल २४ सै घण्टा र आन्तरिक विमानस्थलहरु (रात्रीकालीन उडान हुने) १८ घण्टा सञ्चालनमा आउन लागेका छन् ।

यसबाट करिब १५ प्रतिशत उडानहरु रातको ८ बजेदेखि १२ बजेसम्मका लागि धकेलिएको छ । यसरी हुने रात्रीकालीन उडानका दौरान गन्तव्य विमानस्थलमा पुग्ने यात्रुलाई समस्या हुने भन्दै वायुसेवा सञ्चालक संघ नेपालले सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहजीकरण गर्न माग गरेको छ ।

विमानस्थलबाट आउजाउका लागि यातायात व्यवसायी तथा होटलसँग आवश्यक सहजता र समन्वयका लागि वायुसेवा सञ्चालक संघले माग गरेको हो ।

अहिले काठमाडौंबाट झापाको भद्रपुर, मोरङको विराटनगर, धनुषाको जनकपुर, बाराको सिमरा, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढी विमानस्थलमा रात्रीकालीन उडान हुन्छ ।

वायुसेवा सञ्चालक संघले यी जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै यस्तो आह्वान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?