+
+

कपिलवस्तुको मायादेवीमा कांग्रेस उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १८:०४

५ जेठ, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको छ ।

अध्यक्षका उम्मेदवार वलिउद्दीन मुसलमानले ५ हजार २ सय ७८ मत प्राप्त गरि चुनाव जिते । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी जसपाका उम्मेदवार बजरंगी प्रसाद कुर्मीले ४ हजार ८ सय ८० मत प्राप्त गरे ।

पराजित कुर्मी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

त्यसैगरि उपाध्यक्षमा कांग्रेसकी सरस्वती यादवले ५ हजार ३७ मत ल्याइन् । जसपाकी रश्मीसुधा त्रिपाठीले ४ हजार ५ सय ७८ मत प्राप्त गरिन् ।

८ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले मात्र एउटा वडामा अध्यक्ष जितेको छ । जसपाले ४ वटा र नेकपा माओवादी केन्द्रले ३ वडामा अध्यक्ष जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?