+
+

कैलालीको भजनीमा नागरिक उन्मुक्ति पार्टी विजयी

मेयरमा केवल चौधरी र उपमेयरमा राजु तिरुवा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १९:४९

५ जेठ, कैलाली । कैलालीको भजनी नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी वियजी भएको छ ।

नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार केवल चौधरी निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शेरबहादुर चौधरीलाई ३ हजार बढी मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

केवलले ८ हजार ९६६ मत ल्याउँदा माओवादी केन्द्रका शेरबहादुरले ५ हजार १९८ मत मात्र पाए । यस्तै नेकपा एमालेका हर्कबहादुर बुढाले ३ हजार २६२, जनता समाजवादीका लक्ष्मीराम चौधरीले १ हजार ४६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राज कुमार चौधरीले ५८८ मत ल्याए ।

यस्तै नगरपालिकाको उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीका राजु तिरुवा निर्वाचित भएकी छन् ।

तिरुवाले निकटतम प्रतिस्पर्धी कांग्रेसका गोकेन्द्र भण्डारीलाई ३ हजार बढी मतले हराउँदै निर्वाचित भएका हुन् । तिरुवाले ७ हजार ६२२ मत ल्याउँदा कांग्रेसका भण्डारीले ४ हजार ४९० मत मात्र पाए ।

यस्तै एमालेका तुलसी चौधरीले ३ हजार १६३, जनता समाजवादीकी कमला ढुंगानाले १ हजार ५७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी शारदा शाह मल्लले ९४८ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?