+
+

भीमेश्‍वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १०:१८

६ जेठ, काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्‍मेदवार ईश्वरनारायण मानन्धर र उपप्रमुखमा नेकपा एमालेकी कमला बस्नेत निर्वाचित भएका छन् ।

कांग्रेस उम्मेदवार ईश्वर नारायणले निकटतम प्रतिस्पर्धी एमालेका हरिवंश चौलागाईलाई १४०० बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

मानन्धरले ८ हजार ७२३ मत ल्याउँदा एमालेका चौलागाईले ७३०१ मत मात्र पाए ।

यस्तै नगरको उपमेयरमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्‍मेदवार संगीता तामाङलाई ३०० बढी मतले पराजित गर्दै एमालेकी कमला बस्‍नेतले जितेकी हुन् । कमलाले ७२६४ मत ल्याउँदा समाजवादीकी संगीता तामाङले ६ हजार ९२१ मत मात्र पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?