+
+

सूर्य नेपाल गल्फ टूर सिजनको अन्तिम प्रतियोगिता सोमबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १७:११

६ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१–०२२ सिजनको अन्तिम र सबैभन्दा ठूलो प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्यामिपयनसिप सोमबारदेखि हुने भएको छ ।

गोकर्ण गल्फ कोर्षमा सोमबारदेखि विहीबारसम्म हुने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । हरेक दिन १८ होलको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा एमेच्योर र व्यवसायिक गरी ४० जना खेलाडीको सहभागिता रहनेछ । दुई चरण अर्थात् ३६ होलको खेल सकिएपछि प्रदर्शनका आधारमा शीर्ष २१ खेलाडीलाई कट गरी बाँकी दुई चरण प्रतिस्पर्धा गराइने प्रतियोगिताको आयोजन नेपाल एमेच्योर गल्फ संघका महासचिव दीपक आचार्यले जानकारी दिए ।

प्रतियोगितामा नेपालका शीर्ष वरीयताका भुवन नगरकोटी, जयराम श्रेष्ठ, शुक्रबहादुर राई, १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण विजेता सुवास तामाङलगायतले सहभागिता जनाउनेछन् । यो प्रतियोगिताबाट खेलाडीको वरीयता पनि निर्धारण हुने आचार्यले बताए ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले १ लाख ५५ हजार, तेस्रो हुनेले १ लाख १० हजार पुरस्कार दिइनेछ । चौथो हुनेले ९५ हजार, पाँचौं हुनेले ८७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । शीर्ष २१ खेलाडीललाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । कुल पुरस्कार राशी १४ लाख ६१ हजार रुपैयाँ छ । प्रतियोगितामा १४ जना एमेच्योर खेलाडीले सहभागिता रहनेछ ।

वर्षाका कारण खेल प्रभावित भएको खण्डमा राउण्ड घटाएर नतिजा छिनोफानो गरिने आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?