+
+

पथरी शनिश्चरे नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १७:२२

६ जेठ, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका मोहन प्रसाद तुम्वापो र देवी माया काफ्ले निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्‍मेदवार नागेन्द्र बहादुर सुब्बा र माओवादी केन्द्रका उम्मेदवार दिना नाथ तिम्सिनालाई एक हजार बढी मतान्तरले हराउँदै तुम्वापो मेयरमा निर्वाचित भएका हुन् ।

एमालेका उम्‍मेदवार तुम्वापोले १२ हजार ९५६ मत ल्याउँदा कांग्रेसका सुब्बाले ११ हजार १४६ र माओवादी केन्द्रका तिम्सिनाले ३ हजार २७६ मत मात्र पाए ।

यस्तै नगरपालिकाको उपमेयरमा एमालेकै देवी माया काफ्लेले ११ हजार ७४७ मतसहित निर्वाचित भएकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार कविता पराजुलीले ११ हजार ३९० मत र एकीकृत समाजवादीकी विन्दा देवी राईले ४ हजार१४ मत मात्र पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?