+
+

अन्नपूर्ण केबलकारमा माछापुच्छ्रे बैंकका ग्राहकलाई १० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १९:४०

काठमाडौं । पोखराको अन्नपूर्ण केबलकारमा यात्रा गर्दा माछापुच्छ्रे बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन् । आन्तरिक पर्यटन बिस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदानगर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरी व्यवसायिक सम्झौता गरेको जनाएको छ ।

सम्झौता पत्रमा अन्नपूर्ण केबुलकारको तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोक मान श्रेष्ठले हस्ताक्षर गरे ।

अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त केबुलकार सुविधा पोखराको सेदीबगर देखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउने छन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रर्वद्वनमा सघाउ पुग्दै आएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?