+
+

महाभारत गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते २२:१९

६ जेठ, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको अध्‍यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्‍यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कान्छा लाल जिम्बा ४ हजार ८ सय ९१ मत ल्याई विजयी भए ।

उनले नेकपा एमालेका पूर्णबहादुर वाईवालाई १ हजार ६९६ बढी मतले पारजित गरे । पूर्ण बहादुरले ३ हजार १ सय ९५ मत ल्याए ।

त्यस्तै उपाध्‍यक्षमा नेपाली कांग्रेसका सागर मोक्तान निर्वाचित भएका छन् ।

मोक्तानले उपाध्‍यक्षमा एमालेका शान्ति तितुङ राना मगरलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरे । रानामगरले १ हजार ५३० मात्र मत ल्याएकी थिइन ।

योसँगै १२ वटा पालिकाको मत परिणाम आएको छ । काभ्रेमा अब पाँचखाल नगरपालिकाको मात्र मत परिणाम आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?