+
+

१ लाख ३५ हजार भाडा तिरेर हेलिकप्टरबाट सुत्केरीकाे उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १३:१८

७ जेठ, हुम्ला । बच्चा जन्माएपछि स्वास्थ्य अवस्था बिग्रिएकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएकाे छ ।

अत्यधिक रक्तश्राव भएर समस्यामा परेकी चंखेली गाउँपालिका -५ नेप्का  ३५ वर्षीया तुला तामाङलाई हेलिकप्टरबाट जिल्ला अस्पताल हुम्लामा ल्याइएको हो ।

तामाङ तीन दिनअघि सुत्केरी भएकी उनी अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुग भएको आफन्त जसिलाल तामाङले जानकारी दिए ।

बिरामीकाे शरीर सुन्निएर श्श्वास प्रश्वासमा समस्या भएकाे र गाउँमा गतिलाे स्वास्थ्य उपचार नभएपछि १ लाख ३५ हजार हेलिकप्टर भाडा तिरेर सदरमुकाम सिमकाेट ल्याएको आफन्त तामाङले बताए । ऋण सापटी मागेर बिरामीको हेलिकप्टरबाट उद्वार गरेकाे तामाङकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?