+
+

मिलन स्मृति जुनियर टेबल टेनिसमा चन्दन र राजेन्द्र पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते २०:०१

७ जेठ, काठमाडौं । काठमाडौंका चन्दन शाही र ललितपुर जिल्ला टेबल टेनिस संघका राजेन्द्र बज्राचार्यले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् । भेट्रान पुरुष सिंगल्सको ४० वर्षमाथि चन्दन र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् ।

स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताको ४० वर्षमाथि फाइनलमा चन्दनले एमआईएसका नरेश रावललाई ७–११, ११–८, ११–३, ११–७ र ११–६ को सेटमा पराजित गरे । ललितपुरका राजीव महर्जन र कीर्तिपुरका प्रशान्त महर्जनले तेस्रो स्थानमा चित्त बुझाए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनसीसीएसका कपुर शर्मा पौडेललाई १२–१४, ७–११, ११–७, ११–८, ११–८ र १४–१२ को सेटमा हराए । एपीएमका विश्वास गौचन र एएनएस १९८० का किरणमुनि बज्राचार्य तेस्रो बने ।

प्रतियोगितामा भेट्रान र विभिन्न उमेर समूह गरी ८ स्पर्धा रहेको आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । आठै स्पर्धामा नगद पुरस्कार राखिएको छ । सोमबारसम्म चल्ने प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा अमेरिका बस्ने श्रवण चिपालु रहेका छन् । स्व. मिलन श्रेष्ठ टेबलटेनिसका पूर्व खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?