+
+

‘लप्पनछप्पन २’की अभिनेत्री क्यारोलिन पनि कान्समा, सुरक्षा र लीबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते ११:४७

काठमाडौं । नेपाली फिल्म ‘लप्पनछप्पन २’बाट अभिनय करिअर थालेकी बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा पनि प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी छन् ।

कान्सको तेस्रो दिन बेल्जियमबाट प्रतिनिधित्व गर्दै उनी फेस्टिभलमा पुगेकी हुन् । तर उनको सहभागिता औपचारिक चाहिं होइन । अनौपचारिक रुपमा उनी रेडकार्पेटमा पुगेकी हुन् । केही वर्षअघि अभिनेत्री प्रियंका कार्की पनि अनौपचारिक रुपमा त्यहाँ पुगेकी थिइन् ।

कान्समा औपचारिक रुपमा भाग लिने पहिलो नेपाली अभिनेत्री चाहिं सुरक्षा पन्त बनेकी छन् । उनी अभिनित फिल्म ‘द एइट माउन्टेन्स’ अहिले मुख्य विधाको प्रतिस्पर्धामा छ । सुरक्षाको रेडकार्पेट वाकलाई कान्स टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।

मोडलिङबाट करिअर सुरु गरेकी बेल्जियमकी अभिनेत्री क्यारोलिन ‘लप्पनछप्पन २’मा एक जासुसको भूमिकामा छिन् । फिल्मको प्रिमियर कार्यक्रममा भाग लिन नेपाल आएकी उनले पोखरा लगायतका थलो घुमघाम समेत गरेकी थिइन् । उनी अर्को एक नयाँ नेपाली फिल्ममा अभिनय गर्ने तयारीमा छिन् ।

सुरक्षा र दक्षिण कोरियाली अभिनेताबीच भेट

कान्समा सहभागी अभिनेत्री सुरक्षा पन्त र चर्चित दक्षिण कोरियाली टेलिभिजन सिरिज ‘स्क्वीड गेम’का अभिनेता ली जङ जेबीच भेट भएको छ । भेटपछि सुरक्षाले उत्साहप्रद सेल्फी पोस्ट गरेकी छन् ।

कोरियाका सफल अभिनेता मानिने उनले स्क्रिन एक्टर गिल्ड क्रिटिक्स च्वाइस टेलिभिजन जितेका छन् भने गोल्डेन ग्लोब्समा मनोनयन भइसकेका छन् । सुरक्षा र लीबीचको तस्वीरले नेपालमा सामाजिक सञ्जालमा चर्चा बटुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?