+
+

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जेयाबीच भेट, आजै स्वदेश फर्किने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते ११:४८

८ जेठ, काठमाडौं। अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जेयाले प्रधानमन्त्री शेरबहादुर देउवासँग  भेटवार्ता गरेकी छिन् । चार सदस्यीय भ्रमण टोलीको नेतृत्व गरेकी उपमन्त्री जेयाले प्रधानमन्त्री देउवासँग आइतबार बिहान बालुवाटार पुगेर भेट गरेकी हुन् ।

भेटका बारेमा प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् जानकारी दिएका छन् । ‘अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलसँग भेट्दा खुसी लागेको छ,’ देउवाले ट्वीटरमा लेखेका छन्, ‘भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको छ ।’

उनले आइतबार परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्य सचिव शंकरदास वैरागीसँग भेट्ने कार्यक्रम छ ।

गत १७ मेदेखि भारत र नेपालको भ्रमणमा रहेकी उपमन्त्री जेया आजै अमेरिका फर्किने छन् । उनी भारतमा तीन दिन बिताएर शुक्रबार नेपाल आएकी हुन् । भारतमा जेयाले हिमाञ्जल प्रदेशस्थित धर्मशालामा पुगेर निर्वासित तिब्बती धर्म गुरु दलाई लामासँग भेट गरेकी थिइन् ।

त्यसपछि उनले शनिबार अपरान्ह काठमाडौंस्थित तिब्बती शरणार्थीहरूसँग अन्तरक्रिया गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?