+
+

सप्तरीको रुपनीको अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १६:२७

८ जेठ, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेको छ । अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका छन् ।

यादवले ४ हजार २ सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवले ३ हजार ८ सय ३५ मत प्राप्त गरे । हरेराम निवर्तमान अध्यक्ष समेत हुन् ।

उपाध्यक्षमा निर्वाचित लोसपाकी श्रेष्ठले ३ हजार ७ सय १० मत ल्याउँदा जनता समाजवादी पार्टी (जसपा) की बेचनीदेवी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गरिन् । सरदार निवर्तमान उपाध्यक्ष समेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?