+
+

पोखरामा धनराजलाई ३,४१७ मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १६:४०
धनराज आचार्य/फाइल तस्वीर

८ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । १ लाख ७ हजार ९६२ मत गणना हुँदा नेकपा एमालेका कृष्ण थापाभन्दा आचार्य ३,४१७ मतले अगाडि छन् ।

सत्ता गठबन्धनका उम्मेदवार रहेका आचार्यले ४३ हजार २१५ मत ल्याउँदा थापाले ३९ हजार ७९८ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श‌ंकर खरालले ४८१५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २६९३ मत ल्याएका छन् ।

उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ४४ हजार ९५० मत ल्याएर पहिलो स्थानमा छिन् । नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४३ हजार २९१ मत ल्याएर दोस्रो स्थानमा छिन् भने राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ४७४१ मत ल्याएर चौथो स्थानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?