+
+

‘प्रेमगीत ३’ दशैंमा, असोज ७ देखि प्रदर्शनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १७:११

काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ७ गतेलाई रिलिज मिति तय गरेका हुन् ।

दशैं छेकोमा रिलिज हुने यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ । यही मितिमा अर्को चर्चित सिक्वेल फिल्म ‘छक्कापञ्जा ४’ समेत ल्याउने तयारी छ । तर ‘प्रेमगीत ३’ले औपचारिक रुपमै रिलिज तय गरेपछि ‘छक्कापञ्जा ४’ टिमले के गर्नेछ भन्ने कौतुहलता छ । असोज ७ गते डिज्नेले हलिउड फिल्म ‘अवतार’को पहिलो सिक्वेललाई समेत नेपालमा पुनः रिलिज गर्ने तयारी गरेको छ ।

कोरोना महामारीका कारण पटकपटक प्रदर्शन मिति धकेलिएको फिल्म ‘प्रेमगीत ३’लाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यो फिल्मले प्रेम वर्जित हुने दुई फरक समाजका दुई पात्रबीचको प्रेमको काल्पनिक कथा पेश गर्छ । मल्टिस्टारर यो फिल्ममा शिव श्रेष्ठ समेत मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?