+
+

नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १८:२०

९ जेठ, काठमाडौं । नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो ।

नेपालका लागि मलेसियाका चार्ज डी अफेयर्स मोद फजले विन अवु हसनसग काठमाडौंको जमलस्थित चेम्बर भवनमा सोमबार भेटवार्ता गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मलेसियाको लगानी सुनिश्चितताका लागि आफूहरुले पहल गर्ने बताए ।

अध्यक्ष मल्लले भने, ‘नेपाल र मलेसियाबीच श्रमको क्षेत्रमा उच्चस्तरीय सहकार्य हुँदै आएको छ । रेमिट्यान्स भित्र्याउने दृष्टिकोणले पनि मलेसिया नेपालको उत्कृष्ट गन्तव्य बनेको छ । झण्डै चार लाख नेपाली युवा मलेसियामा रोजगारीमा छन् । श्रम सहकार्यसँगै अन्य विभिन्न क्षेत्रमा लगानीका लागि हामी मलेसिया सरकारलाई आग्रह गर्दछौं ।’

नेपाल र मेलेसियाबीच लगानी सम्वन्धमा सरकारी तबरमै उच्चस्तरीय सहकार्य हुनुपर्ने अध्यक्ष मल्लले बताए । नेपालमा खासगरी पर्यटन, जलविद्युत्, सूचना प्रविधि, हस्तकलामा लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । मलेसियाको लगानी सुनिश्चित गर्न नीजि क्षेत्रको तर्फबाट आफुहरुले पनि पहल गर्ने अध्यक्ष मल्लले प्रतिवद्धता जनाए ।

मलेसियाका चार्च डी अफेयर्स हसनले लगानीका लागि आफूहरु तयार रहेपनि प्रतिफलको सुनिश्चितता सम्बन्धी कानुन स्पष्ट हुन नसकेको बताए । उनले भने, ‘मलेसियाले सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय दक्षिण एसियाली राष्ट्रमा लगानी बढाइरहेको छ । हामीलाई नेपालमा पनि लगानी गर्न कुनै समस्या छैन । तर प्रतिफल सम्बन्धी नीतिगत व्यवस्थामा स्पष्ट हुन सकेका छैनौं ।’

मलेसियाले अहिले पनि लाखौं नेपाली युवाहरुलाई रोजगारी दिएको स्मरण गराउँदै हसनले आगामी दिनमा यो संख्या थप बढ्न सक्ने बताए । जलविद्युत्, पर्यटन लगायतका क्षेत्रमा नेपालमा लगानी गर्न मलेसिया तयार रहेको हसनको भनाइ छ । नेपाल र मलेसियाबीच निजी क्षेत्रमा पनि सहकार्य गर्न आवश्यक रहेकोमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जोड दिए । खासगरी अन्तर्राष्ट्रियस्तरको मेलामा एक अर्काको मुलुकका व्यवसायिक क्षेत्रलाई पनि प्रतिनिधित्व गराउन सकिए आर्थिक सम्वन्ध थप मजबुत हुने अध्यक्ष मल्लको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?