+
+

प्रहरीको सुरक्षामा बन्चरेडाँडामा फोहोर बिसर्जन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते ९:५१

१० जेठ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन सुरु भएको छ ।

आज बिहान ९० वटा गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल–१ मा फोहोर बिसर्जन गरेको काठमाडौं महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरीता राईले जानकारी दिइन् ।

शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेको यो पहिलो पटक हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको समन्वयमा बन्चरेडाँडामा फोहोर विसर्जन सुरु भएको राईले बताइन् ।

स्थानीयले विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए । तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । आज फोहोर बोकेका गाडीहरु बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिएका थिए ।

स्थानीयले भने आफूहरुसँग समन्वय नगरेको र आफ्ना माग सम्बोधन नगरी फोहोर बिसर्जन गर्न सुरु गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सिसडोलस्थित ल्याण्डफिल साइट भरिएपछि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन सकेको थिएन । बन्चरेडाँडामा फोहोर फाल्न सुरु गरेपछि अब सहज हुने विश्वास छ ।

बन्चरेडाँडासम्म सिसडोलको बाटो हुँदै जानुपर्छ । त्यहाँको बाटो राम्रो नभएकाले तत्कालका लागि ग्राभेल गरेर फोहोर बोकेका गाडीहरु आउ–जाउ गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?