+
+

पोखराका १८ र ३१ वडामा पुनः मतगणना गर्न एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते ११:३८
नेकपा एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने र वडा नम्बर १८ का एमाले उम्मेदवार पुष्कर बहादुर थापा

१० जेठ, पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ ।

वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन दिइएको नेकपा एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।

वडा नम्बर १८ को नतिजा आज र ३१ नम्बर वडाको नतिजा सोमबार आएको थियो । दुवै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।

वडा नम्बर ३१ मा १६१ मत अन्तरले नेपाली कांग्रेसका ढकनाथ कँडेल र वडा नम्बर १८ मा ३ मत अन्तरले नेपाली कांग्रेसकै शिवप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?