+
+

भैरहवामा जेठभित्र वैदेशिक रोजगार कार्यालय खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १६:०२
फाइल तस्वीर

१० जेठ, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सेवा दिन भैरहवामै वैदेशिक रोजगार कार्यालय खुल्ने भएको छ । श्रम स्वीकृतिका प्रक्रिया पूरा गर्ने जिम्मेवारीसहित जेठ महिनाभित्रै भैरहवामै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने तयारी भएको हो ।

विमानस्थलमा कुवेतबाट जजिरा एयरलाइन्सले नियमित उडान सुरु गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कार्यालयसहित म्यानपावर कम्पनिका शाखा, अभिमुखिकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै भैरहवामा सञ्चालनको तयारी गरिएको बताए ।

स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी सहित सरोकारवलाहरुले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सवै प्रकृया भैरहवाबाटै पुरा हुनुपर्ने माग गर्दै आएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रमिक सहायता कक्ष स्थापना भइसकेको छ । विमानस्थलमा श्रमिकका लागि छुट्टै प्रवेशद्वार नराखिने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिने मन्त्रालयको प्रतिबद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?