+
+

सबै स्थानीय तहमा विद्युतीकरण, विपन्नलाई निःशुल्क मिटर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १७:२१

१० जेठ, काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्ने बताएको छ ।

मंगलबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्न विद्युत उत्पादन, प्रसारण तथा वितरणका क्षेत्रमा महत्वपूर्ण लगानी गरिने उल्लेख छ । ‘सरकारी तथा निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत आयोजना सम्पन्नत गरी आगामी आर्थिक वर्ष थप ७१५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘जलाशययुक्त तथा नदी बेसिनमा आधारित आयोजनालाई जोड्ने गरी ४ सय के.भी.ए. क्षमताका राष्ट्रि य तथा अन्तरदेशीय विद्युत प्रसारण लाइन विस्तार गर्न सुरु गरिनेछ ।’

राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत र सौर्य ऊर्जाबाट थप २५ हजार घरधुरीलाई विद्युत सेवा उपलब्ध गराउने सरकारले बताएको छ ।

सबै नेपालीलाई उर्जाको पहुँच सुनिश्चित गर्न विपन्न वर्गका लागि निःशुल्क विद्युतीय मिटर जडान गर्ने सरकारले बताएको छ । सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘निःशुल्क उपलब्ध गराइने मासिक विद्युत खपतको सीमाभन्दा बढी उपभोग गर्ने घरायसी ग्राहकलाई उक्त सीमासम्मको विद्युत निःशुल्क उपलब्ध गराइनेछ ।’

विद्युत महसूल दरमा पुनरावलोकन समेत गर्ने सरकारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?