+
+

लैनसिंह वाङ्देलको उपन्यासमा आधारित फिल्म ‘अभिन्न’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १७:४१

काठमाडौं । लैनसिंह वाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’मा आधारित फिल्म ‘अभिन्न’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा मुख्य अभिनेता कार्मलाई दार्जिलिङ सहरमा डुलिरहने एक अपांग व्यक्तिको चरित्रमा देख्न सकिन्छ ।

फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । वाङ्देलले २००८ सालमा लेखेको यो उपन्यासमा दार्जिलिङ सहर डुलिरहने एक अपांग व्यक्तिले भोग्नुपरेको कारुणिक कथा र उसलाई सघाउने कुकुरको चरित्रलाई प्रस्तुत गरिएको छ । फिल्म दार्जिलिङकै परिवेशमा छायांकन गरिएको छ ।

वाङ्देल एण्ड शाक्य प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता विभाकर शाक्य हुन् । फिल्ममा रञ्जित गजमेरको संगीत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?