+
+

पाल्पामा अवैध निर्यात हुन लागेको सालको काठ बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १३:५९

११ जेठ, पाल्पा । पाल्पाको तानसेनमा अवैध रुपमा निर्यात गर्दै गरेको सालको काठसहित दुई जना पक्राउ परेका छन् ।

गाडीसहित २ जनालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयको जिम्मा लगाई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तानसेन हुँदै बुटवलतर्फ लैजाँदै गरेको अवस्थामा लु १ ज २५९१ नम्बरको बोलेरो जीपबाट २४ गोलिया सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बीरेन्द्र थापाले बताए ।

तानसेन नगरपालिका वडा नं. १३ केरबादीदेखि बुटवलर्फ लैजाँदै गरेको अवस्थामा २४ गोलिया सालको काठ प्रहरीको टालीले तानसेन बसपार्क नजिकै चेकिङ गर्ने क्रममा काठ बरामद गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?