+
+

सूर्य नेपाल प्रिमियर गल्फ : शुक्रलाई एक स्ट्रोकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १८:५४

११ जेठ, काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन प्रो गल्फर शुक्रबहादुर राईले दोस्रो स्थानका निरज तामाङमाथि १ स्ट्रोकको अग्रता बनाएका छन् ।

गोकर्ण गल्फ कोर्समा बुधबार ६ अण्डर ६६ सहित शुक्रले १६ अण्डर २०० को स्कोरकार्ड खडा गरेका छन् । ओभरनाइट लिडर निरजले तीन अण्डर ६९ सहित १५ अण्डर २०१ को स्कोर बनाएका छन् ।

एमेच्यो वाङ्गचेन ढोण्डुपले तेस्रो दिन २ अण्डर ७० को स्कोर थपेर समग्रमा १२ अण्डर २०४ को स्कोरसहित तेस्रो स्थान हासिल गरेका छन् ।

नेपाल नम्बर एक प्रो गल्फर भुवन नगरकोटीले २ अण्डर ७० सहित समग्रमा १० अण्डर २०६ को स्कोर बनाएका छन् । विहीबार हुने फाइनल चरणको खेलअघि उनी समग्रमा चौथो स्थानमा छन् ।

समग्रमा पाँचौं स्थानमा रहेका एमेच्योर ७ अण्डर २०९ को कुल स्कोर बनाएका छन् । बुधबार उनले ४ अण्डर ६८ को प्रदर्शन गरे ।

४३ व्यवसायिक र ११ एमेच्योर खेलाडीको सहभागिता रहेको सिजनकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताको अन्तिम चरणका खेलहरु बिहीबार हुनेछन् ।

शीर्ष २१ स्थानसम्मकाले नगद पुरस्कार पाउने प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार छ । नेपाल प्रोफेसनल गल्फर संघले आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?